PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

ए दिल है मुस्किलमा मोहम्मद रफीमाथि अपमान!



पहिलोपोस्ट

ए दिल है मुस्किलमा मोहम्मद रफीमाथि अपमान!

लिजेन्ड्री गायक मोहम्मद रफीका छोरा शाहिदी रफीले फिल्म ए दिल है मुस्किलमा आफ्ना बुबाको अनादार गरिएको आरोप लगाएका छन्। करण जोहरको फिल्ममा प्रयोग भएको संवादमा आफ्नो मोहम्मद रफीको अपमान गरिएको उनको दावी छ।

फिल्ममा हिरोइन अनुस्का शर्मा भन्छिन्, 'मोहम्मद रफी गाते नही, रोते थेँ (मोहम्मद रफी गाउने होइन रुने गर्थे)।'

मोहम्मद रफीको सन् १९८० मा निधन भएको थियो। शाहिदीले आइएएनएससँग भने, 'यो अति नै अनादार हो। करण जोहरप्रति घृणा बढाएको छ। मैले उनीबाट यस्तो अपेक्षा कहिल्यै गरेको थिइन्। मेरा बुबाले करणका बाबु (यश जोहर)का लागि पनि गीत गाउनु भएको छ, तर उनले के गरिरहेका छन्।'

शाहिदीले फिल्म ए दिल है मुसकिल भने नहेरेको प्रतिक्रिया दिए। 'जोसुकैले लेखेको होस् फिल्म संवाद कुनै इडियटले लेखेको हुनुपर्छ। लेख्नेलाई रफी साहव को थिए भन्नेसमेत ख्याल रहेनछ। उनी भर्साटायल गायक हुन्।,' शाहिद करणले माफी माग्नुपर्ने बताउँछन्।

'खराब काम त भइसक्यो। धेरै मानिसले फिल्म हेरी पनि सके। मलाई फिल्मको संवाद एडिट हुन्छ भन्ने पनि लाग्दैन। म करणबाट माफीको पत्रमात्र चाहन्छु,' उनले भने।

मोहम्मद रफीले धेरै कालजयी गीत गाएका छन्। 'क्या हुवा तेरा वादा…', 'बहारो फूल वर्साओ…' 'लिखेँ जो खत तुजे…' र 'चुरालिया है तुम ने जो दिल को,' जस्ता कालजयी गीतका गायकको सन् १९८० मा निधन भएको हो। सन् १९८० मा नै उनले यश जोहरको फिल्म दोस्तानाका लागि गीत गाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell