PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

सुन्दरी प्रतियोगितामा विवाद : के यस पटककी मिस अर्थले प्लास्टिक सर्जरी गरेकी छिन्?



पहिलोपोस्ट

सुन्दरी प्रतियोगितामा विवाद : के यस पटककी मिस अर्थले प्लास्टिक सर्जरी गरेकी छिन्?

यस पटकको मिस अर्थ सौन्दर्य प्रतियोगिता एउटा अनौठो विवादमा फँसेको छ। मिस फिलिपिन्स-अर्थ इमेल्डा स्वेइघार्टले यो विवादको सुरुवात गरेकी हुन्। 

इमेल्डा स्वेइघार्ट

उपाधि जित्ने आशा गरिएकी इमेल्डा मिस अर्थको टप १६ मा पनि पर्न सकिनन्। उनको त्यतिबेला नै आलोचना भइसकेको थियो। त्यसमाथि उनले शनिबार भएको प्रतियोगिता जित्ने मिस इक्वेडर क्याथरिन एस्पिनले अनुहार र छातिको प्लास्टिक सर्जरी गरेको आरोप लगाउँदै गरेको भिडियो भाइरल भयो। 

विवादमा आएपछि इमेल्डाले मिस फिलिपिन्स अर्थको उपाधिबाट सोमबार राजीनामा दिइसकेकी छिन्। 

तर प्लास्टिक सर्जरीको विवाद खासमा हो के त? मिस अर्थ घोषित क्याथरिन एस्पिनले इमेल्डालाई चुनौति दिएकी छिन् आरोप प्रमाणित गर्न। मैले मेरो अनुहारमा कहिल्यै पनि केही गरेकी छैन, उनले एबिएस सिबिएन न्युजलाई भनिन्, मैले मेरो अनुहारमा कहिल्यै प्लास्टिक सर्जरी गरेकी छैन। उनले जे आरोप लगाइन् त्यो उनैले प्रमाणित गर्नुपर्छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell