PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

​नाकाबन्दीले सेकिएको वीरगञ्जलाई राहत, तिहारमा कारोबार बढ्यो : बिक्यो ८ किलो सुन र १२० किलो चाँदी



पहिलोपोस्ट

​नाकाबन्दीले सेकिएको वीरगञ्जलाई राहत,  तिहारमा कारोबार बढ्यो : बिक्यो ८ किलो सुन र १२० किलो चाँदी

वीरगन्ज :  गत वर्षको बन्द हडताल र नाकाबन्दीले सेकिएको वीरगन्जमा लक्ष्मीपूजाको कारोबारमा वृद्धि भएको छ। तीजदेखि दशैँ हुँदै लक्ष्मीपूजा र छठसम्म वीरगन्जको चहलपहल र कारोवार विशेष नै रहने देखिएको छ।

बजारमा सुनदेखि नूनसम्मको राम्रो कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष नीरज सर्राफ मुन्नाका अनुसार वीरगन्जमा मात्रै धनतेरसदेखि लक्ष्मीपूजाका दिनसम्म करिब ८ किलो सुन र एक सय २० किलो चाँदी बिक्री भएको छ। उनले भने– ‘नेपालमा हुने बिक्रीको २० प्रतिशत सुनचाँदी वीरगन्जमा मात्रै हुन्छ।‘

पर्सामा करिब २ सय ५० जति सुनचाँदीका पसलहरु छन्। गत वर्षभन्दा एकदमै राम्रो कारोबार भएको घण्टाघर–रानीघाट सडक छेउका पसल सञ्चालक कौशल सर्राफ बताउँछन्।

वीरगन्जमा लक्ष्मीपूजा लक्षित व्यवसाय करौडौको भएको पर्सा थोक तथा खुद्रा व्यवसाय संघका अध्यक्ष शंकर कुशवाहाले बताए।

गत वर्ष चम्केको सीमावर्ती सहर रक्सौल यसपाली उदास रहयो। भन्सारको डर, धुवाँधुलो तथा दुई दिन रक्सौल बन्दका कारण पनि रक्सौल सुनसान र वीरगन्ज गुलजार बनेको हो। भारतीय प्रहरीमा रहेका रक्सौलका एक जना युवकको शव लक्ष्मीपूजाको दिन भन्दा एक दिन अगाडि ल्याइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell