PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

फ्लोरमा गयो पद्मावती, दीपिकासँग रणवीर र शाहिद कपुर देखिए



पहिलोपोस्ट

फ्लोरमा गयो पद्मावती, दीपिकासँग रणवीर र शाहिद कपुर देखिए

सञ्जय लीला भन्सालीको फिल्म पद्मावाती मंगलबारबाट फ्लोरमा गएको छ। मुम्बईको मेहबुब स्टुडियोमा दीपिका पादुकोणसँगै रणवीर सिंह र शाहिद कपुरसमेत देखिएको रिपोर्टमा उल्लेख छ। भन्साली निर्देशित यो फिल्म सुरुदेखि नै अवरोधको सिकार हुँदै आएको थियो। सबै समस्याका वावजुद पनि फिल्म फ्लोरमा गएको हो। फिल्ममा लता मङगेस्करको गीत सुनिने भनिए पनि अझै रेकर्डिङ भइसकेको छैन। पद्‍मावतीमा दीपिका ले रानी पद्मावतीको भूमिका निभाउने छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिने छन्। एन्टागोनिस्टका रुपमा स्थापित हुनेछन् रणवीर जसले अलाउद्धिन खिलजीको भूमिका निभाउने छन्। पद्मिनीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell