PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

ऊर्जामन्त्रीको खुलासा : लोकमानले प्रधानमन्त्री बन्न खोजेकाले महाभियोग



पहिलोपोस्ट

रुकुम : ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको खुलासा गरेका छन्। नेकपा (माओवादी केन्द्र) रुकुमले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे। कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell