काठमाडौँ : तीन दिने औपचारिक भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगै बुधबार त्यहाँका एक राज्यमन्त्री र चार जना सांसद पनि आउने भएका छन्।
१८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा भारतीय रक्षा राज्यमन्त्री सुभाष भमरे, सांसदहरु भुवनेश्वर कलिटा, एल गणेशन, जगदम्बिका पल र आरके सिंह सहभागी हुने भारतीय राष्ट्रपति कार्यालयले जनाएङ्को छ।
भारतीय राष्ट्रपतिका लागि तीन वटा बुलेटप्रूफ कार भने भारतबाटै आइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार भारतीय वायुसेनाको विशेष विमानले सोमबार बुलेट प्रुफ कार ल्याएको हो। विमान सोमबारै भारत फर्किसकेको छ।
तीन वटा बुलेटप्रूफ कार मध्ये एउटा काठमाडौँमै राखिनेछ भने बाँकी दुई वटा उनको काठमाडौँ बाहिरको भ्रमण रहेको ठाउँ जनकपुर र पोखरामा प्रयोग गरिनेछ।
एयर इन्डियाको विमानमा आउने छन् मुखर्जी
भारतीय राष्ट्रपति मुखर्जी भोलि बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेको बीचमा एयर इन्डियाको चार्टर्ड गरिएको विमानमा काठमाडौँ विमानस्थल उत्रने छन्।भ्रमणको पूर्वसन्ध्यामा विमानस्थलको सुरक्षा निकै कडा पारिएको छ। चार वटै सुरक्षा निकाय विमानस्थलमा परिचालन भइसकेका छन्।
भ्रमण अवधिभर नेपाली सेनाको स्पेसल कमान्डेले फ्रन्ट सेक्युरिटी दिने जानकारी विमानस्थलमा गराइएको छ। त्यसैगरी भारतीय राष्ट्रपतिका साथ व्यक्तिगत सुरक्षाकर्मीबाहेक अरु सुरक्षाकर्मी नआउने जानकारी विमानस्थलमा गराइएको छ।
राष्ट्रपतिको स्वागत
भारतीय राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै गई स्वागत गर्नेछिन्। भारतीय राष्ट्रपतिको सम्मायनमा सेरेमोनियल रिसेप्सन हुनेछ।दुई राष्ट्रपतिबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता हुनेछ। राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिको सम्मानमा दिवा भोजको आयोजना गर्नेछिन्।
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सित भारतीय राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम सोही दिन रहेको छ। त्यही रात प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा भारतीय राष्ट्रपति सहभागी हुनेछन्।
भारतीय राष्ट्रपति भारतीय राजदूतले आयोजना गर्ने रिसेप्सनमा पनि सहभागी हुनेछन्।
भोलि यी ठाउँमा सवारी आवागमनमा बाधा पुग्नेछ
बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्गअपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग
अपराह्न १ः४५ देखि ३ः४५ बजे गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्र
साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्र।
कात्तिक १८ गते बिहीबार
यो दिन भारतीय राष्ट्रपति पशुपतिनाथ मन्दिरमा पुग्नेछन् र पूजा अर्चना गर्नेछन्।यही दिन काठमाडौँ विश्वविद्यालयले उनलाई मानार्थ डिग्री प्रदान गर्नेछ। काठमाडौँमा आयोजना गरिने नागरिक स्वागत कार्यक्रममा उनी सहभागी हुनेछन्।
नीति अनुसन्धान प्रतिष्ठान नेपाल र इन्डिया फाउन्डेसनको आयोजनामा हुने सेमिनारमा भारतीय राष्ट्रपतिले सम्बोधन गर्नेछन्।
विभिन्न राजनीतिक दलका नेताहरुले पनि भारतीय राष्ट्रपतिसित यही दिन भेट्ने छन्।
यो दिन सवारी आवागमनमा बाधा पुग्ने ठाउँ
बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रबिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्र।
अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्र।
साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्र ।
साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्र
बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्र
कात्तिक १९ गते शुक्रबार
यो दिन बिहानै उनी विमानबाट जनकपुर जाने छन् र जानकी मन्दिरमा पूजाआजा गर्ने छन्। त्यहाँ आयोजना हुने नागरिक सम्मानमा उनी सहभागी भएर उतैबाट पोखरा पुग्ने छन्।पोखराबाट काठमाडौँ फर्किएर त्रिभुवन विमानस्थलबाट सोही दिन उनी भारत प्रस्थान गर्नेछन्।
सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ ।