PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय सेनासँग मिलेर नेपाली सेनाले नेपालमा गर्दैछ संयुक्त अभ्यास



पहिलोपोस्ट

भारतीय सेनासँग मिलेर नेपाली सेनाले नेपालमा गर्दैछ संयुक्त अभ्यास

काठमाडौँ : भारत र नेपालका सैनिकहरु सम्मलित संयुक्त अभ्यास सोमबारदेखि नेपालको सालझण्डीमा सुरु भएको छ। सूर्य किरण नाम दिइएको संयुक्त अभ्यासको १० औँ शृङ्खला १३ नोभेम्बरसम्म जारी रहने भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ। 

नेपाली सेनाले भने यो विषयमा कुनै विज्ञप्ति जारी गरेको छैन। 

सूर्य किरण शृङ्खलाको अभ्यासहरु वार्षिक रुपमा नेपाल र भारतमा पालैपालोआयोजना हुने गर्छन्। भारतले विभिन्न देशहरुसँग संयुक्त सैनिक अभ्यास गर्ने भए पनि नेपालसँगको सूर्य किरण सैनिक अभ्यास सैनिकहरुको सहभागिताको हिसाबले सबैभन्दा ठूलो रहेको विज्ञप्तिमा उल्लेख छ। 

अहिले भइरहेको अभ्यासमा भारतको तर्फबाट एलिट कुमाउँ रेजिमेन्ट सहभागी छ भने नेपाली सेनाको तर्फबाट जबर जङ बटालियन सहभागी छ। पहाडी इलाकामा आतंकवाद सामना गर्नेमा यो अभ्यास केन्द्रित छ। 

(फोटोमा भारतीय सैनिकलाई अभ्यासका लागि हतियार देखाउँदै नेपाली सैनिक। सौजन्य : भारतीय सेना)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell