काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने भ्रमणका लागि आज दिउँसो नेपाल उत्रँदैछन्।
११ बजेदेखि १ बजेबीचमा एयर इन्डियाको चार्टर्ड विमानद्वारा उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमै जानेछिन् भने भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा सेरेमोनियल रिसेप्सन पनि हुनेछ। १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा भारतीय रक्षा राज्यमन्त्री सुभाष भमरे, सांसदहरु भुवनेश्वर कलिटा, एल गणेशन, जगदम्बिका पल र आरके सिंह पनि सहभागी हुने भारतीय राष्ट्रपति कार्यालयले जनाएङ्को छ।
भण्डारीले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नेछिन्। कडा सुरक्षाबीच नेपाल उत्रन लागेका मुखर्जीका लागि चुच्चेपाटीमा रहेको होटल हायातमा बस्ने व्यवस्था मिलाएको छ। उनले आजै नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्।
भारतीय राष्ट्रपति नेपाल उत्रँदा राजधानीका सडक सुरक्षाका लागि सुनसान हुनेछन्। सर्वसाधारणले बाटो काट्न समेत पाउने छैनन्। सैन्य र प्रहरी घेरमा राष्ट्रपतिको तीन दिने भ्रमण सम्पन्न हुनेछ।

यसैबीच भारतीय राष्ट्रपतिको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ। त्रिभुवन विमानस्थलबाहिर, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, बबरमहल, चाबहिल लगायतका ठाउँमा स्वागतद्वार निर्माण गरिएका छन्।
भारतीय राष्ट्रपति नेपाल उत्रनै लाग्दा राजधानीको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ। चार वटै सुरक्षा निकाय विमानस्थलमा परिचालन भइसकेका छन्।

भ्रमण अवधिभर नेपाली सेनाको स्पेसल कमान्डले फ्रन्ट सेक्युरिटी दिने जानकारी विमानस्थलमा गराइएको छ। त्यसैगरी भारतीय राष्ट्रपतिका साथ व्यक्तिगत सुरक्षाकर्मीबाहेक अरु सुरक्षाकर्मी नआउने जानकारी विमानस्थलमा गराइएको छ।
राष्ट्रपतिको सवारीलाई ध्यान दिँदै सडकमा सवारीसाधन सधैंभन्दा कम चलेका छन्।