PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

तीन दिन-दुई रात नेपाल रहँदा केके गर्नेछन् भारतीय राष्ट्रपति मुखर्जीले?



पहिलोपोस्ट

तीन दिन-दुई रात नेपाल रहँदा केके गर्नेछन् भारतीय राष्ट्रपति मुखर्जीले?

काठमाडौं : नेपालको तीनदिने भ्रमणका लागि आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यहाँ तीन दिन दुई रात बिताउनेछन्।

भारतीय राष्ट्रपतिको भ्रमण नेपालमा १८ वर्षपछि हुन लागेको हो। यसअघि राष्ट्रपति केआर नारायणन २०५५ जेठ १४ गते नेपाल आएका थिए।

तीनदिने औपचारिक भ्रमणका लागि आज दिउँसो नेपाल आउन लागेका भारतीय राष्ट्रपति मुखर्जीसँगै एक राज्यमन्त्री र चार जना सांसदसहितको टोली सहभागी हुनेछ। उनको भ्रमणलाई महत्व दिँदै सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

तीन दिन नेपालमा रहँदा राष्ट्रपति मुखर्जी कस्ता कार्यक्रममा व्यस्त हुनेछन्? यस्तो छ उनको कार्यक्रम तालिका-

१७ गते बुधबार 

  • राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै गई स्वागत गर्ने।
  • शीतलनिवासमा राष्ट्रपतिहरुबीच दुई पक्षीय भेटवार्ता।
  • भारतीय दूतावासले आयोजना गर्ने रिसेप्सनमा सहभागी।
  • होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भारतीय राष्ट्रपतिको छुट्टाछुट्टै भेटवार्ता।
  • सोल्टी होटलमा राष्ट्रपति भण्डारीले दिने स्टेट ब्याङ्क्वीटमा सहभागी।

१८ गते बिहीबार

  • भारतीय राष्ट्रपति मुखर्जीद्वारा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना। 
  • काठमाडौं विश्वविद्यालयले मुखर्जीलाई मानार्थ डिग्री प्रदान गर्ने।
  • काठमाडौं महानगरपालिकाले नगरवासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी।
  • इन्डिया फाउन्डेसनले गर्ने सेमिनारमा भारतीय राष्ट्रपतिको सम्बोधन।
  • होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता। मधेसी दलका नेताहरुसँग संयुक्त भेटवार्ता।

१९ गते शुक्रबार

  • विमानबाट जनकपुर भ्रमणमा लागि प्रस्थान।
  • जानकी मन्दिरमा पूजाअर्चना। नागरिक अभिनन्दन र सम्बोधन।
  • जनकपुरबाट पोखरा प्रस्थान। पोखराको ग्रान्डी होटलमा लन्च।
  • भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन।
  • साँझ काठमाडौं फर्किएर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत फिर्ती।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell