
काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज नेपाल आउँदैछन्। तीनदिने भ्रमणको पहिलो दिन उनको सवारी र विभिन्न ठाउँमा हुने कार्यक्रमका लागि राजधानीका विभिन्न सडक प्रभावित हुनेछन्।
भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले सो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने बताए।
राष्ट्रपतिको पहिलो दिन आज राजधानीका यी रुटहरु मुख्य रुपमा प्रभावित हुनेछन्
- ११:३०-२ बजेसम्म : गौशाला-एयरपोर्ट-तीनकुने-कोटेश्वर-नयाँ बानेश्वर-पुरानो बानेश्वर-शंखमुल-माइतीघर- सिंहदरबार-भद्रकाली-पुतलीसडक-न्युरोड-जमल-केशरमल-ठमेल-लाजिम्पाट-पानीपोखरी- नारायणपोगाल चोक।
- १-३ बजेसम्म : सोह्रखुट्टे-केशहरमल-लैनचौर-पानीपोखरी-जय नेपाल-ठमेल।
- साढे १-साढे ३ बजेसम्म : जोरपाटी-बौद्ध-मित्रपार्क-चाबहिल-गौशाला-एयरपोर्ट-तीनकुने, कोटेश्वर-नयाँ बानेश्वर-पुरानो बानेश्वर-शंखमुल-माइतीघर-सिंहदरबार-भद्रकाली-पुतलीसडक-न्युरोड-जमल-प्रदर्शनीमार्ग-थापाथली-भद्रकाली-घण्टाघर-लाजिम्पाट-सोह्रखुट्टे-केशहरमल-लैनचौर-पानीपोखरी-जयनेपाल-ठमेल।
- साढे ६-साढे ८ बजेसम्म : जोरपाटी-बौद्ध-मित्रपार्क-चाबहिल-गौशाला-एयरपोर्ट-तीनकुने, कोटेश्वर-कोटेश्वर-नयाँ बानेश्वर-पुरानो बानेश्वर-शंखमुल-माइतीघर-सिंहदरबार-भद्रकाली-पुतलीसडक-त्रिपुरेश्वर-कुपण्डोल-टेकु-कलंकी-भोटेबहाल-कालिमाटी-सोल्टीमोड- बल्खु।