PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

भारतीय वायुसेनाको विशेष विमानमा चढेर नेपाल आइपुगे राष्ट्रपति मुखर्जी



पहिलोपोस्ट

भारतीय वायुसेनाको विशेष विमानमा चढेर नेपाल आइपुगे राष्ट्रपति मुखर्जी

काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आइपुगेका छन्। केही बेरअघि भारतीय वायुसेनाको विशेष विमानमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
 

उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विभिन्न मन्त्रीहरु, प्रधानसेनापति राजेन्द्र छत्री, कूटनीतिक नियोगका अधिकारी लगायतका विशिष्ट व्यक‍्तिहरु  विमानस्थलमा पुगेका छन्। राष्ट्रपति भण्डारीले विशिष्ट कक्षमा मुखर्जीलाई स्वागत गरेकी थिइन्। उनको सम्मानमा नेपाली सेनाको टुकडीले विशेष सम्मान सहित २१ तोपको सलामी दिएको थियो।

१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।
 
आज दिउँसो दुवै राष्ट्रपतिबीच शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मुखर्जी नेपाल आउने समयमा करिब ४५ मिनेट विमानस्थल बन्द गरिएको छ। सवा १२ बजेदेखि १ बजेसम्म सम्पूर्ण उडान तथा आगमन बन्द गरिएको छ।

पढ्नु्स् यो पनि : तीन दिन-दुई रात नेपाल रहँदा केके गर्नेछन् भारतीय राष्ट्रपति मुखर्जीले?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell