
मोसुल ब्याटलको रुपमा चर्चा भइरहेको मोसुल अट्याकमा आतंकवादी संगठन इस्लामिक स्टेट आइएससँग लडिरहेको इराकी सेनालाई ठूलो सफलता मिलेको छ।
इराकको उत्तरी सहर मोसुलबाट आइएसलालाई हटाउने अभियानको रुपमा चलाइएको मोसुल ब्याटलमा इराकी सेनाले मोसुल सहरको फ्रन्ट लाइन कब्जामा लिएको र त्यसमा इराकी सेनातर्फ कुनै हताहत नभएको बिबिसीले जनाएको छ।
सन् २०१४ जुनमा आइएसले कब्जामा लिएपछि इराकी सेना मंगलबार पहिलो पटक सहरको फ्रन्टलाइनमा पुग्न सफल भएको हो।
काउन्टर टेरोरिजम सर्भिस सिटिएसका प्रवक्ता अल नुमान भने, हामीले आज सेन्द«ल मोसुल सहरको फ्रन्ट लाइन तोडेका छौं। मोसुल सहर प्रवेश गर्ने पूर्वको मुख्य गेटलाई हामीले स्वतन्त्र बनाएका छौं।
मोसुल ब्याटल सुरु भएको बुधबार १७ औं दिन भएको छ
मोसुल आइएसले कब्जामा राखेको अन्तिम इराकी सहर हो र इराक त्यसलाई फिर्ता गराउन विभिन्न फोर्ससहित आइएससँग लडिरहेको छ।
मोसुल सहरबाट आइएसलाई हटाउन ५० हजार इराकी सैनिक, कुर्द लडाकु, सुन्नी अरबका लडाकु संलग्न छन्।