PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

​प्रधानमन्त्री र उपराष्ट्रपतिले भारतीय राष्ट्रपतिलाई होटल हायातमै भेट्ने



पहिलोपोस्ट

​प्रधानमन्त्री र उपराष्ट्रपतिले भारतीय राष्ट्रपतिलाई होटल हायातमै भेट्ने

काठमाडौँ :  तीन दिने नेपाल भ्रमणका लागि मध्याह्न आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आजै कुटनीतिक भेटघाट गर्दैछन्।

राष्ट्रपति विद्या भण्डारीले आफ्ना समकक्षीसँग शितल निवासमा दुई पक्षीय भेटवार्ता गर्नेछिन्। त्यसबाहेक उनका अरु सबै कुटनीतिक भेट उनी बस्ने होटल हायातमै हुनेछ। 

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले आज होटल हायातमै छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन्। 

त्यसैगरी भोलि होटल हायातमै मधेसी दलका नेताहरुसँग संयुक्त भेटवार्ता हुनेछ। अरु राजनीतिक दलका नेताहरुसित पनि होटलमै भेट हुनेछ। 

भारतीय राष्ट्रपतिको आजका अरु कार्यक्रममा भारतीय दूतावासले आयोजना गर्ने रिसेप्सनमा सहभागी हुने र सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने स्टेट ब्याङ्क्वेटमा सहभागी हुने रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell