PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

मदिरा खाएको विषयमा स्थानीयले चौकी कब्जा गरी लुटेको हातहतियार प्रहरीले फिर्ता गरायो



पहिलोपोस्ट

काठमाडौं : सुर्खेतको आग्रीगाउँस्थित देउराली प्रहरी चौकी आक्रमण गरी हातहतियार समेत कब्जा भएको छ।
 
चौकी आक्रमण गर्ने र सरकारी हातहतियार लुट्ने कुनै भूमिगत समूह नभएर स्थानीय जनता नै रहेका छन्। करिब ३० जनाको सङ्ख्यामा घरेलु हतियारसहित आएका स्थानीय युवाले चौकीबाट तीन वटा राइफल, दुई सय थान गोली, चाइनिज पेस्तोल, हतकडी लुटेका हुन्। उनीहरुले चौकी आक्रमण गर्नुको कारण पनि सामान्य नै छ।
 
क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल भन्छन्, 'रक्सीको विषयमा प्रहरी र स्थानीय केही युवाबीच भएको विवादले यो रुप लियो।'
 
एक प्रहरी जवान र युवाबीच सामान्य झगडा भएपछि त्यसले विस्तारै उग्ररुप लिन थालेको नेपालले बताए। त्यसको केही बेरमा नै स्थानीय जम्मा भएर प्रहरी चौकीमा आक्रमण गरेका थिए।
 
अहिले प्रहरीले स्थानीयले लुटेका हातहतियार फिर्ता गरिसकेको छ। हतियार लुटपाटमा संलग्न रहेकोमा सात जनालाई पक्राउ गरेको नेपालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell