PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय राष्ट्रपतिलाई नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दन-पत्र दिइने



पहिलोपोस्ट

भारतीय राष्ट्रपतिलाई नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दन-पत्र दिइने

जनकपुरधाम : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिने भएको छ।
 
प्राचीन मिथिलाको राजधानी जनकपुरधामका बासिन्दाद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ। नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए।
 
अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी र रामको वैवाहिक सम्बन्ध, मिथिला र अवधको सम्बन्ध, दुवै देशको भाषा र संस्कृतिलगायत नेपाल र भारतका सम्बन्धबारे वर्णन गरिएको छ।
 
भारतीय राष्ट्रपति मुखर्जीको कात्तिक १९ गते जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा नागरिक अभिनन्दनको कार्यक्रम छ।
 
जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरमा वैद्धिक र मिथिलाको संस्कृति अनुसार स्वागत, जानकी मन्दिरमा विशेष पूजा, मन्दिर परिसरका अन्य विभिन्न मूर्तिको पूजा र जानकी मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ। सोका लागि मन्दिरलाई फूलले सजाउने कार्य तीव्र रूपमा भइरहेका छन्।
 
प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाममा ५५ मिनेटको कार्यक्रम रहेको बताउँदै विमानस्थलमा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए।
 
भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिर परिसर एवम् अभिनन्दनस्थल (तीन किलोमिटर) सम्म स्वागतद्वारको निर्माण गरिएको छ भने बिजुलीका पोलमा नेपाल र भारतका झन्डा र तुल राखिएको छ। मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell