PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय दूतावासले गरेको दिवाभोजमा उपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म

भारतीय दूतावासले गरेको दिवाभोजमा उपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय राजदूत रणजीत रायले बुधबार दिवाभोजको आयोजना गरे। भारतीय राजदूतावास परिसर लैनचौरमा भएको कार्यक्रममा दलका नेताहरुदेखि, कवि, कलाकार र पत्रकारहरुको समेत उपस्थिति थियो। स्वागत समारोहमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन राष्ट्रपति मुखर्जीसँगै पुगेका थिए। 

को-को थिए समारोहमा?

समारोहमा उपसभामुख गंगाप्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व सभामुख सुवास नेम्वाङ सहभागी थिए। एमाले उपाध्यक्ष भीम रावल पनि समारोहमा सहभागी भए।

त्यस्तै राप्रपाका पशुपतिशमशेर जबरा, सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, रक्षा मन्त्री बालकृष्ण खाँड, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी भए।

 त्यसैगरी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव पनि सहभागी भइन्। राष्ट्रकवि माधव घिमिरे पनि समारोहमा सहभागी  भए।

 एमाले अध्यक्ष केपी शर्मा ओली पनि समारोहमा देखिएनन्। एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पनि कार्यक्रममा देखिएनन्। 

नेकपा मालेका महासचिव सीपी मैनाली, सांसदहरु राधेश्याम अधिकारी र सुनिलबहादुर थापा पनि सहभागी थिए। त्यसैगरी फोरम नेपालका सचेतक शिवजी यादव पनि भारतीय राष्ट्रपतिका लागि राखिएको स्वागत समारोहमा उपस्थित थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell