ड्राइभ गर्दा मोबाइलमा इमेल चेक या फेसबुक नोटिफिकेसन हेर्नुहुन्छ भने तपाईँ पनि यस्तो घटनाको कारक बन्न सक्नुहुन्छ। छिट्टै इमेल वा म्यासेन्जर वा फेसबुक चेक गर्दा विकराल अवस्था भोग्नपर्ने हुनसक्छ।
१९ सेकेन्डको यो भिडियो हेर्नुस् जसलाई धेरै ट्वेब्लोइड र वेबसाइटहरुले लिएका छन्। यो सत्य हो जुन तपाईँले भिडियोमा देख्नुभयो।
अत्याउँदो। नअत्यावस पनि कसरी। मानिसहरु ड्राइभ गर्दा मोबाइल चलाउँछन् सधैजसो। भन्न त हाम्रा सडकहरु धेरै सुरक्षित छन् भनिन्छ तर प्रविधिको प्रयोगले तिनलाई जोखिमपूर्ण बनाइरहेको छ। एउटा सोझो र फराकिलो सडक पनि स्मार्ट फोनका कारण भयलाग्दो हुनसक्छ।
यो ट्रकका डराइभर थोमस रोकरले ५० माइल प्रतिघन्टाको यात्रा गरिरहँदा मोइबाल चलाइरहेको छ। पटकपटक उसले फोन हेरिरहेको छ जबकि उभन्दा अगाडि गाडीहरुको लामो लाम छ। उसले आफूलाई नियन्त्रणमा राख्न सक्दैन र ठोक्काउँछ।
ठोक्किएकामध्ये एउटा कारमा एकै घरका चार जना छन्। एक आमा र तीन सन्तान। उनीहरुमाथि ट्रक चालकको मोबाइल मोहले बज्रपात भयो। उनीहरु अगाडिको लरीको मुनि गुल्टिँदै पुगे। र कहिल्यै पनि थाहा पाएनन् केले उनीहरुलाई ठक्कर दियो।
थोमसले पहिले त एउटा सेतो भ्यानलाई ठक्कर दिएका थिए। त्यो भ्यानले अगाडीको कार र बाइकलाई ठोक्यो र एउटा परिवार पूरै दण्डित बन्यो।
यो सानो भिडियोले पूरै कथा त भन्दैन। तर, मोबाइलको प्रयोगले यात्रा कति डरलाग्दो बनिरहेको छ भन्ने खुलाउँछ।