PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

ह्याप्पी वर्थ डे शाहरुख! उनीबारे जान्नुस ९ तथ्य



पहिलोपोस्ट

किङ खानका रुपमा परिचित बलिउड स्टार साहरुख खान आज आफ्नो ५१औं जन्मदिन मनाउँदैछन्। उनका धेरै फ्यान छन्, तर सबैलाई उनका सबै कुरा थाहा नहुन सक्छ। हामीले उनका बारेमा यस्तो तथ्य फेला पारेका छौं, जुन ९ तथ्य तपाईंलाई थाहा नहुन सक्छ।

  • साहरुख खानले आफ्नो पहिलो तलबस्वरुप ५० रुपैयाँ कमाएका थिए। पंकज उदासको कन्सर्टमा कमाएको सो रकम उनले आग्रामा ताज महल घुम्नमा खर्च गरे। 
  • ५० रुपैयाँका लागि काम गरेका उनै किङ खान अहिले विश्वको तेस्रो धनी अभिनेता हुन्। मर्भ ग्रिफिन र जेरी सेनफिल्डपछि साहरुख धनी अभिनेता रहेको नर्थ फिल्ड टाइम्समा जनाइएको छ। 
  • साहरुख आफैंले दिएको जानकारी अनुसार उनको पारिवारिक वातावरण अफगानी हो। उनको पुरानो पुस्ता अफगानिस्तानबाट बाहिरिएका हुन्। 
  • ठूलो पर्दाका किङ खानले आफ्नो अभिनयको यात्रा सानो पर्दाबाट सुरु गरेका हुन्। उनले 'दिल दरिया' नामक टेलिसिरियलमा पहिलो पटक अभिनय गरेका थिए। 
  • सुरुवाती दिनमा साहरुखलाई ठूलो पर्दाका फिल्ममा खेल्न मन लागेन। नर्थफिल्ड टाइम्समा जनाइएअनुसार उनले ह्यारी बाजेवा र हेमा मालिनीले दिएको अवसरलाई पनि अस्विकार गरेका थिए। 
  • साहरुख खान स्वतन्त्रताका लागि लड्ने ताज मोहम्मद खानका छोरा हुन्। 
  • ठूलो पर्दामा देखिएको पहिलो पटक नै साहरुखका लागि फिल्मका अवसरको ओइरो लाग्यो। उनले त्यस समय बलिउडमा ब्याक टु ब्याक पाँच फिल्म गरेका थिए।
  • लाखौं फ्यान बटुलेका स्टार खान पनि सिनियर कलाकारका फ्यान हुन्। उनलाई बलिउडमा अमिताभ बच्चन, मुम्ताज र दिलीप कुमार मन पर्ने कलाकार हुन्। 
  • आमाबुबाको मृत्युपछि आफूलाई निकै गाह्रो भएको उनले बताएका छन्। जसका कारण उनले आफ्नो काममा धेरै ध्यान दिन थाले। एजेन्सीको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell