PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

जुवाखालमा समातिए २७ जना, ८ लाख ६५ हजार रुपैयाँ पनि जफत



पहिलोपोस्ट

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु ८ लाख ६५ हजार ९७० बरामद गरेको छ।
 
भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु ५ लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ।
 
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु ३ लाख ३४ हजार १४५ बरामद भएको छ।
 
प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताए। उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell