PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

क्लोजले लगाए करिअरमा फूल स्टप



पहिलोपोस्ट

विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता र जर्मनीका समेत सर्बाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबल खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्।

सन् २०१४ मा विश्वकप फुटबलको उपाधि जितेपछि राष्ट्रिय टीमबाट सन्यास लिएका क्लोजले क्लब करियर समेत अन्त्य गर्ने घोषणा गरेका हुन्।

वायर्न म्युनिखका पूर्व फरवार्ड क्लोज इटालियन सिरी ए क्लब लाजियोमा सम्झौता समाप्त भएपछि क्लबविहीन थिए।

विश्वकप फुटबलमा कुल १६ गोल गर्दै सर्बाधिक गोलकर्ताको नाम लेखाएका क्लोजले जर्मनीका लागि पनि सर्बाधिक ७१ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

सन् १९९९ मा एफसी काइजरलाटनबाट बुण्डेसलिगामा करियर सुरु गरेका क्लोजले वायर्न वेडर ब्रेमन र वायर्न म्युनिखबाट समेत खेले। उनी सन् २०११ मा वायर्न छाडेर लाजियो पुगेका थिए। 

पोल्याण्डमा सन् १९७८ मा जन्मेका क्लोजले सन् २००१ मा जर्मनीका लागि डेबयु गर्दै १३७ खेल खेलेर ७१ गोल गरेका हुन्।

खेलाडीबाट सन्यास लिएसँगै क्लोज अब जर्मन टीमका मुख्य प्रशिक्षक योकिम लो कोचिङ स्टाफमा सामेल हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell