PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

के होला राष्ट्रपति मुखर्जीसँगै भारतीय सुरक्षाकर्मीले शितल निवासमा छिराएको ब्रिफकेसमा?



पहिलोपोस्ट

के होला राष्ट्रपति मुखर्जीसँगै भारतीय सुरक्षाकर्मीले शितल निवासमा छिराएको ब्रिफकेसमा?

काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन्। राष्ट्रपति भण्डारीले मुखर्जीलाई आफ्नै गाडीमा राखी राष्ट्रपति भवन शितल निवास पुर्‍याइन्। 

शितल निवासमा राष्ट्रपति भण्डारीले मुखर्जीलाई स्वागत गरिन्। दुई राष्ट्रपति शितल निवासको द्वारमा हात मिलाउँदै गर्दा राष्ट्रपति मुखर्जीसँगै आएका एक भारतीय सुरक्षाकर्मी भरिभराउ देखिने एउटा ब्रिफकेस बोकेर विशिष्ट अतिथिहरुभन्दा अगाडि नै भित्र जान्छन्।

यस क्रममा उनले सजावटका लागि राखिएका गमलासमेत नाघ्छन्। यसो गर्दा गमलाको फूलसमेत झर्छ। राष्ट्रपति भण्डारीको पछाडि रहेका नेपाली सैनिक अं‌गरक्षकले उनलाई रोक्न त खोज्छन् तर सक्दैनन्। 

ती भारतीय सुरक्षाकर्मीको पहिरन हेर्दा उनी भारतीय सैनिकका नायक हुन्। नायक भारतीय सेनाको तल्लो तहको तेस्रो दर्जा हो। नायकभन्दा मुनि लेन्स नायक र सिपाही हुन्छ।

के हुनसक्छ त राष्ट्रपति भवनमा प्रवेश गराइएको त्यो ब्रिफकेसमा? सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। 
पत्रकार अनिल गिरीले फेसबुकमा सोधे-


ब्रिफकेसमा रेडक्रसको स्टिकर टाँसिएको छ। यो आधारमा त्यसमा प्राथमिक उपचारका सामाग्री हुने भएको अनुमान गर्न सकिन्छ। तर प्राथमिक उपचारका सामाग्रीमा रेडक्रस टाँस्नु रेडक्रसको लोगोको दुरुपयोग हो। रेडक्रसको लोगोलाई जेनेभा महासन्धिबाट समेत सुरक्षित गरिएको छ। फर्स्ट एडको युनिभर्सल साइन हरियो पृष्ठभूमिमा सेतो क्रस हो।  

कान्तिपुरमा प्रकाशित एक समाचार अनुसार, भारतीय राष्ट्रपतिसँगै आउने भारतीय सुरक्षाकर्मीले ‘कोल्ट’ र ब्रिफकेस हतियार समेत संगै ल्याउँछन्। नेपाली सेनाले समेत भिभिआइपीको सुरक्षामा खटिदा ब्रिफकेस आकारको हतियार बोक्ने गरेको समाचारमा उल्लेख छ। 


ब्रिफकेस हतियारको नमूना

तर शितल निवासमा भित्र्याइएको त्यो ब्रिफकेस हतियार हो कि हैन स्पष्ट छैन।  तर दुई राष्ट्रपति औपचारिक स्वागत कार्यक्रममा व्यस्त रहँदा हतार हतारमा कुटनीतिक मर्यादा विपरीत त्यो ब्रिफकेस भारतीय सुरक्षाकर्मीलाई किन शितल निवास प्रवेश गराउन हतार भयो? यो प्रश्न अनुत्तरित छ। 

हेर्नुस् भिडियो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell