PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

भारतीय राष्ट्रपतिको भ्रमणमा किन देखिएनन् उपप्रम तथा गृहमन्त्री विमलेन्द्र निधि?



रासस

भारतीय राष्ट्रपतिको भ्रमणमा किन देखिएनन् उपप्रम तथा गृहमन्त्री विमलेन्द्र निधि?

काठमाडौँ : भारतीय राष्ट्रपतिले १८ वर्षपछि नेपाल भ्रमण गर्दैगर्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि कतै देखिएनन्। सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका निधि अहिले नयाँ दिल्लीमा छन्।

विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा भाग लिन निधि मंगलबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्। 

उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट भोलि बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। उपप्रधानमन्त्री निधिले विपद् जोखिममा नेपालले गरेका प्रयास एवम् भूकम्प र त्यसपछिको पुनःनिर्माणमा सरकारले गरेका कार्यका बारेमा जानकारी गराउने छन्। 

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारीका लागि उनी भोलि नै स्वदेश फर्कने छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell