PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच हयात होटलमा भेटवार्ता, संविधान संशोधनबारे जानकारी

प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच हयात होटलमा भेटवार्ता, संविधान संशोधनबारे जानकारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ। 

उच्चस्तरीय सो भेटमा उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। 

राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत बनाएको विचार व्यक्त गर्नुभएको मन्त्री डा महतले बताए। 

सो अवसरमा प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास दिलाएका थिए। साथै, उनले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नु पर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको भारतीय राष्ट्रपतिलाई अवगत गराए। 

भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी हुनुहुन्थ्यो भने भारतका तर्फबाट उच्च अधिकारीहरु सहभागी थिए। रासस 


ट्रेन्डिङ पोस्ट

Ncell