PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

​युसिएल : डर्टमण्ड प्रि क्वाटरफाइनमा, रियल लेगी वार्सासँग ३-३ को बराबरीमा रोकियो



पहिलोपोस्ट

​युसिएल : डर्टमण्ड प्रि क्वाटरफाइनमा, रियल लेगी वार्सासँग ३-३ को बराबरीमा रोकियो

जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग युसिएलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको दिन स्पानिस जायन्ट रियल मड्रिड २ गोलको अग्रता लिएर पनि पोल्याण्डको क्लब लेगि वार्सासँग बराबरीमा रोकिएको छ।

समूह एफको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई १-० ले पराजित गर्दै डर्टमण्डले अन्तिम १६ मा स्थान पक्का गरेको हो। घरेलु मैदानमा डर्टमण्डलाई जिताउन एड्रियन रामोसले निर्णायक गोल गरे।

जितसँगै ४ खेलबाट १० अंक जोडेको डर्टमण्ड समूहको एफको शीर्ष स्थानमा छ। यसै समूहको अर्को खेलमा रियल वार्सासँग ३-३ गोलको बराबरीमा रोकिएपछि २ खेल अगावै प्रि क्वाटरफाइनलप्रवेश गर्नबाट रोकियो।

खेलको पहिलो मिनेटमै गारेथ बेलले गोल गर्दै अग्रता दिलाएका रियलका लागि ३५ औं मिनेटमा करिम बेन्जामाले अग्रता दोब्बर पारे। तर पहिलो हाफमै एक गोल फर्काएको वार्साले दोस्रो हाफमा लगातार दुई गोल थप्दै रियल विरुद्व ३-२ को अग्रता बनायो। 

वार्साका लागि ४० औं मिनेटमा भाडिस ओफोएले गोल गरे। यस्तै मिरोस्लाभ राडोभिकले ५८ औं र टिबाउल्ट माउलिनले ८३ औं मिनेटमा गोल गरेपछि वार्सा जित नजिक पुगेको थियो। तर उसको अग्रता पनि लामो समय टिक्न सकेन। ८५ औं मिनेटमा रियलका माटेओ कोभासिकले गोल गरेपछि खेल ३-३ को बराबरीमा सकिएको हो।

यसअघि डर्टमण्डसँग ६-० ले पराजित भएको खेलमा समर्थकको समस्था उत्पन्न गरेपछि वार्साले खाली घरेलु मैदानमा रियलसँगको खेलेको थियो। वोज्का पोलसिको स्टेडियममा रियलका १५० समर्थक मात्र थिए।

बराबरीपछि रियलको ४ खेलबाट ८ अंक भएको छ। यता ४ खेलबाट १ अंक मात्र जोडेको वार्सा समूह चरणबाटै बाहिरिएको छ। डर्टमण्डसँग हारेको स्पोर्टिङको ३ अंक मात्र छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell