PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

पशुपतिमा पूजादेखि दलका नेतासँग भेटवार्ता, यसरी व्यस्त हुनेछन् भारतीय राष्ट्रपति मुखर्जी



पहिलोपोस्ट

पशुपतिमा पूजादेखि दलका नेतासँग भेटवार्ता, यसरी व्यस्त हुनेछन् भारतीय राष्ट्रपति मुखर्जी

काठमाडौं : तीनदिने राजकीय भ्रमणमा लागि हिजो नेपाल आइपुगेका भारतीय राष्ट्रपति मुखर्जी आज पनि विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त हुनेछन्।
 
सुरुमा राष्ट्रपति मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। यसपछि काठमाडौं विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनी उपस्थित हुनेछन्। विश्वविद्यालयले उनलाई मानार्थ डिग्री प्रदान गर्नेछ।
 
काठमाडौं महानगरपालिकाले नगरवासीको तर्फबाट गर्ने नागरिक अभिनन्दन कार्यक्रममा पनि उनी दिउँसो सहभागी हुनेछन्।
 
यसपछि उनी इन्डिया फाउन्डेसनले गर्ने सेमिनारमा पुग्नेछन्। त्यहाँ भारतीय राष्ट्रपतिको सम्बोधन पनि हुने कार्यक्रम छ।
 
होटल हायातमा पुगेपछि राष्ट्रपति मुखर्जी र नेपालका विभिन्न राजनीतिक दलका नेताहरुबीच भेटवार्ता हुनेछ। उनले मधेसी दलका नेताहरुसँग भने संयुक्त भेटवार्ता गर्नेछन्।

बेलुका प्रधानमन्त्रीले होटल द्वारिकामा आयोजना गर्ने रात्रिभोजमा पनि उनी सहभागी हुनेछन्।

भोलि जनकपुर र पोखरा भ्रमणपछि उनी भारत फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell