PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय राष्ट्रपतिको भ्रमणका कारण आज यी रुट प्रभावित हुनेछन्



पहिलोपोस्ट

भारतीय राष्ट्रपतिको भ्रमणका कारण आज यी रुट प्रभावित हुनेछन्

काठमाडौं : भारतीय राष्ट्रपति यतिबेला नेपाल भ्रमणमा छन्। हिजो काठमाडौं आइपुगेका उनी बिहानदेखि नै विभिन्न कार्यक्रम र राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।

उनको सवारीका कारण आज काठमाडौंका विभिन्न सडक रुट प्रभावित हुनेछन् भने सो समयमा ती रुट प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यसकारण तपाईं कुनै कामका लागि कतै निस्कँदै हुनुहुन्छ भने समय र सवारीलाई ध्यान दिएर निस्कनुहोला। नत्र तपाईंलाई गन्तव्यसम्म पुग्न निकै गाह्रो हुनेछ।

यस्ता छन् आज अति प्रभावित हुने रुटहरु- 

  • बिहान ९ देखि ११ बजेसम्म : जोरपाटी, बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली
 
  • बिहान १० देखि अपराह्न २ बजेसम्म : बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र पुतलीसडक क्षेत्र
 
  • अपराह्न ४ देखि साँझ ६ बजेसम्म : जोरपाटी, बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पुतलीसडक, भद्रकाली, पुरानो बसपार्क, थापाथली
 
  • साँझ ५ देखि बेलुकी ७ बजेसम्म : सिंहदरबार, पुतलीसडक, भद्रकाली, न्युरोड, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल हल
 
  • साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म : जोरपाटी, बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जयनेपाल हल, सिंहदरबार, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्र
 
  • बेलुकी ८ देखि राति १० बजेसम्म : बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell