PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

विशेष पूजाअर्चनाका लागि पशुपति पुगे भारतीय राष्ट्रपति मुखर्जी



पहिलोपोस्ट

विशेष पूजाअर्चनाका लागि पशुपति पुगे भारतीय राष्ट्रपति मुखर्जी

काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी केही बेरअघि दर्शन र विशेष पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्।
 
उनी पशुपति पुग्दा यहाँका १०८ जना वटुकहरुको टोलीले उनको स्वागत गरेको छ। यस अवसरमा पञ्चेबाजा समेत बजाइएको थियो।

यहाँ राष्ट्रपति मुखर्जीले विशेष पूजाअर्चना गर्दैछन्। पशुपतिनाथ मन्दिरको दर्शन सकेर उनी काठमाडौं विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उपस्थित हुनेछन्। विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने कार्यक्रम छ।
 
तीनदिने राजकीय भ्रमणका लागि उनी हिजो नेपाल आएका हुन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell