PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मुखर्जी यात्राले सडकमा सास्ती, कार्यालय हिँडेका कर्मचारी घरै फर्किए



सविन ढकाल

मुखर्जी यात्राले सडकमा सास्ती, कार्यालय हिँडेका कर्मचारी घरै फर्किए

काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सिलसिलामा यति बेला काठमाडौंमा छन्। उनको आगमनको दिन हिजो सार्वजनिक बिदा दिइएको थियो। दिनभर राजधानीको सडकमा राष्ट्रपतिको सवारीका कारण अवरोध पुगेको थियो भने आज पनि बिहानैदेखि सडकमा सास्ती छ।

सवारी आवागमन अस्तव्यस्त बनेको छ भने कार्यालय हिँडेका कर्मचारीहरु झनै कष्टमा परेका छन्। सरकारले राजधानीका निश्चित क्षेत्रका सडकमा सवारी बन्द गर्ने निर्णय गरेपछि यसको असर अन्य सडक रुटमा पनि परेको छ।

विभिन्न सरकारी तथा निजी कार्यलयमा कार्यरत कर्मचारीलाई कार्यालय कसरी पुग्ने भन्ने चिन्ता थपिएको छ। कति कर्मचारी घरबाट कार्यलयको लागि हिँडे पनि सडकमा सवारी चल्न नदिएपछि उनीहरु घर नै फर्किन बाध्य भएका छन्।

काठमाडौं गौरीघाटमा बस्दै आएका राजु घिमिरे आफ्नो बानेश्वरमा रहेको कार्यलय हिँडे पनि मित्रपार्क, चाबहिलबाट नै सवारी रोकेपछि उनी घर फर्किएका छन्। 'बिहान साढे ९ बजेदेखि यताबाट हुन्छ कि उताबाट भनेर बाइकमा हिँडे तर कतैबाट पनि छिर्न दिएनन्,' उनले गुनासो गरे।

आज सबैभन्दा बढी जोरपाटी, बैद्ध, चाबहिल, मित्रपार्क, गौशाला, एयरपोर्ट कोटेश्वर लगायतका स्थान बढी प्रभावित भएका छन्। मित्रपार्क, चाबहिल, गौशाला क्षेत्रमा सर्वसाधरणलाई सडकमा हिँड्न समेत रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell