PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

बिनाकारण समातेको भन्दै अभियन्ता शारदा भुसालले थालिन् ​प्रहरी वृत्तमै आमरण अनसन



पहिलोपोस्ट

बिनाकारण समातेको भन्दै अभियन्ता शारदा भुसालले थालिन् ​प्रहरी वृत्तमै आमरण अनसन

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झाले प्रहरी वृत्तभित्रै आमरण अनसन थालेकी छन्।

आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै हिजो बेलुका ८ बजेदेखि उनले आमरण अनसन सुरु गरेकी हुन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको विरोधमा उत्रिएको भन्दै प्रहरीले उनलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो। पक्राउपछि महानगरीय प्रहरी वृत्त कमलपोखरी लगिएकोमा उनले त्यहीँ नै आमरण अनसन थालेकी हुन्।

मण्डलामा एक्लै उभिएको अवस्थामा प्रहरीले 'किन कालो ड्रेस लगाएको' भन्दै बिनाकारण पक्राउ गरेको शारदा फाउन्डेशनले जनाएको छ। नियन्त्रणमा लिएर पानीसमेत पिउन नदिएको र थुनुवा पूर्जी पनि नदिएको फाउन्डेशनको दाबी छ।

'नेपाली नागरिकको मानवअधिकार हनन भएको ठहर गर्दै प्रशासनको ज्यादतीविरुद्ध एक जुट हुन' फाउन्डेशनले अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell