PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई जेल पुर्‍याउने असान्जको दावी!



पहिलोपोस्ट

राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई जेल पुर्‍याउने असान्जको दावी!

विकिलिक्सका फाउन्डर जुलियन असान्जले विकिलिक्सको अबको खुलासाले हिलारी क्लिन्टनलाई जेल पुर्‍याउने दावी गरेका छन्। अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बलियो उम्मेदवार रहेकी क्लिन्टनविरुद्ध ‘जेल पुर्‍याउन सक्ने’ तथ्यहरु अबको खुलासामा आउने उनले दावी गरे

एक टेलिभिजन च्यानललाई हालै दिएको अन्तर्वार्तामा असान्जले हिलारीलाई पक्रनका लागि पर्याप्त प्रमाणहरु आगामी रिलिजमा आउने बताए।

उनले दावी गरेअनुसार नै हुने हो भने अमेरिकी राष्ट्रपतीय निर्वाचन अर्को मोडमा पुग्नेछ। अहिले उनको प्रतिद्वन्द्वी मानिएका डोनाल्ड ट्रम्पभन्दा हिलारी धेरै अग्रस्थानमा रहेको रिपोर्टहरु सार्वजनिक भइरहेको छ। यतिखेर नै उनीविरुद्धका प्रमाण आयो भने सम्पूर्ण चुनावी रणनीति वदलिनेछ।

विकिलिक्सले अहिलेसम्म क्लिन्टनका ३० हजार ३ सय २२ गोप्य निजी इमेल सार्वजनिक गरिसकेको छ। २०१० को जुन ३० देखि २०१४ को अगस्ट १२ सम्मका इमेलहरु विकिलिक्सले खुलासा गरिसकेको छ।

विकिलिक्सका संस्थापक असान्जले २०१० देखि लगातार अमेरिकी स्टेट डिपार्टमेन्टका केबुलहरु सार्वजनिक गर्दै आएको छ। असान्ज अहिले लन्डनमा रहेको इक्वेडरको दूतावासमा शरण लिइरहेका छन्। अमेरिकाले उनलाई समात्न खोजेको भए पनि इक्वेडरले कुनै पनि हालतमा सुपुर्दगी नगर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell