
काठमाडौँ : नेपाली सेनाले २ लाख पुरस्कार राशीको लघु चलचित्र प्रतियोगिता घोषणा गरेको छ।
नेपालको इतिहास र नेपाली सेना, नागरिक सैनिक सम्बन्ध बिस्तार, राष्ट्रिय निर्माण कार्यमा योगदान, विपद व्यवस्थापन र विश्व शान्ती कार्यमा नेपाली सेना लगायतका विषयमा चलचित्र निर्माण गरेर पुरस्कार प्राप्त गर्न सकिने सेनाले जनाएको छ।
छोटमा १० मिनेट र बढिमा २० मिनेटसम्म लामो चलचित्रले प्रतिष्पर्धामा भाग लिन पाउनेछन्।
सेनाले मंसिर १० भित्र चलचित्रको कथा वस्तु, पुस ८ सम्म स्कृप्ट र फिल्म फागुन दोस्रो हप्तासम्म बुझाइ सक्नु पर्ने जनाएको छ। नतिजा भने आउँदो बैशाखमा घोषणा हुनेछ।
प्रतियोगितामा प्रथम हुनेले नगद दुई लाख, दोस्रो हुनेले एक लाख पचास हजार, तेस्रो हुनेले नगद एक लाख र दुई फिल्मले सान्त्वना पुरस्कार स्वरुप नगद २५ हजार प्रात्न गर्नेछन्।