PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको पशुपति दर्शन

फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको पशुपति दर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान पशुपतिनाथको मन्दिर पुगे। उनले पशुपति दर्शनसँगै विशेष पूजाअर्चना समेत गरे।

मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पूजा समेत उनले गरेका छन्।  गर्भगृहबाट प्रवेश गरेका उनले धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुप र विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेका थिए।

राष्ट्रपति मुखर्जीले पशुपतिनाथ घाटको पुनर्निर्माणमा सहयोगको घोषणा समेत गरेका छन्।

हेर्नुस्, उनको पशुपति भ्रमणका दृश्यहरु- 



 


ट्रेन्डिङ पोस्ट

Ncell