PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

पोखरामा मुखर्जी आगमनको स्वागत तयारीस्वरुप पूर्वाभ्यास



पहिलोपोस्ट

पोखरामा मुखर्जी आगमनको स्वागत तयारीस्वरुप पूर्वाभ्यास

पोखरा : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ। 

राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो। 

पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायतको उपस्थिति थियो। 

राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell