PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

१३ फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको स्वागतमा सजिसजाउ जनकपुरधाम

१३ फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको स्वागतमा सजिसजाउ जनकपुरधाम

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुरधाम : नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई लक्षित गरी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विशेष तयारी पूरा भएको छ।
 
जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्म मुखर्जीको स्वागतका लागि ९१ वटा स्वागतद्वार निर्माण गरिएका छन्।  मुख्य सडक स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले झकिझकाउ बनेका छन् भने सडक मर्मत गरी सफा बनाइएको छ।
 
जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई गरिने अभिनन्दनस्थल तिरहुतिया गाछीमा उच्च सुरक्षा निगरानीका साथ मञ्च निर्माण पनि पूरा भएको प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले बताए।
 
मुखर्जीको शुक्रबार जनकपुरधाम आउने कार्यक्रम छ।


ट्रेन्डिङ पोस्ट

Ncell