PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भूकम्पपछि नेपालमा स्कुल बनाउन आएका ह्यारी नयाँ गर्लफ्रेन्ड भेट्न गुपचुप क्यानडा



पहिलोपोस्ट

भूकम्पपछि नेपालमा स्कुल बनाउन आएका  ह्यारी नयाँ गर्लफ्रेन्ड भेट्न गुपचुप क्यानडा

भूकम्पपछि नेपालमा आएर पुनर्निर्माणमा दुई साता सक्रिय रहेका बेलायती युवराज ह्यारी अहिले प्रेमका कारण चर्चामा छन्। नेपालमा आएर तोकेभन्दा बढी समय गुपचुप बसेर काम गरेका उनी अहिले भने गुपचुप प्रेमिका भेट्न क्यानडा पुगेको विषयले चर्चामा छन्।

बेलायती युवराज ह्यारीले गएको साता क्यानडामा नयाँ प्रेमिका मेघन मार्केलको घरमा बिताए। गुपचुप क्यानडा पुगेका उनी हिजो रातिमात्रै सार्वजनिक भए। स्रोतलाई उदृत गर्दै डेली मेलले ३२ वर्षे ह्यारीको गुपचुप यात्राबारे उल्लेख गरेको छ। मार्केल टोरन्टोमा बस्छिन् र काम गर्छिन्। यी दुई बीचको सम्बन्धबारे मिडियामा सार्वजनिक हुँदा उनी त्यतै थिइन्।

गत बिहीबार सेक्रेट प्रेमिका भेट्न ह्यारी क्यानडा उडेका थिए। क्यानेडियन गसिप कोलमिस्ट शिनान गोयनीले ह्यारीलाई प्रेमिकासहित हलोविन पार्टीमा देखेको दावी गरेका छन्। टोरन्टोको सोहो हाउस प्राइभेट मेम्बर क्लबमा शनिबार राति उनीहरुलाई देखेको उनको दावी छ।

ह्यारी र उनकी ३५ वर्षीया प्रेमिकाले केही दिन सँगै विताएका थिए।  

ह्यारी २८ अक्टोबरमा टोरन्टो पियर्सन एयरपोर्टमा उत्रिएका थिए। त्यसपछि उनी मार्केलको घरमा वेटिङ कारमा गएका थिए। उनी क्यानडामा छन् कि छैनन् भन्ने विषयमा नै बहस भएको थियो। किनकि उनको क्यानडा यात्रालाई गुपचुप राखिएको थियो।

अझै ह्यारी क्यानडामै रहेको बताइन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell