PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

हृतीक रोशनको क्रिस फोरमा एक्सनका लागि विदेशी निर्देशक!



पहिलोपोस्ट

हृतीक रोशनको क्रिस फोरमा एक्सनका लागि विदेशी निर्देशक!

भर्खरै फिल्म क्रिस फोर थालेका फिल्ममेकर राकेश रोशनले फिल्ममा एक्सन सिक्वेन्सहरु भरपुर हुने बताएका छन्। सुपरहिट सुपरहिरोको फ्रेन्चाइज क्रिसको अर्को संस्करणको स्क्रिप्टमा काम गरिरहेका छन् उनी

‘आउँदो अप्रिल या मे बाट फिल्म सुटिङमा जान्छ। यो ठूलो प्रोजेक्ट हो। हामीले भिएफएक्समाथि काम गर्नुपर्नेछ र बजेटमाथि पनि। दर्शकका लागि फिल्म निक्कै अपिलिङ हुनेछ,’ उनले भने।

‘फिल्ममा हामी अन्तर्राष्ट्रिय एक्सन डाइरेक्टरलाई जोड्नेछौं। एक्सनलाई थप माथि लैजान चाहन्छौं यो फिल्ममा। फिल्ममा अहिलेसम्म नदेखाइएको कुरा देखाउने छौं,’ उनले भने।

कोही मिल गया, क्रिस र क्रिस ३ सुपरहिट रहे। त्यसबाट उत्साहित रहेका उनको अर्को प्रोडक्सन काबिल आउँदैछ। हृतीक रोशनलाई लिएर बनेको फिल्म काविलको सञ्जय गुप्ताले निर्देशन गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell