PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काठमाडौं विश्वविद्यालयले दियो भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधिको उपाधि



रासस

काठमाडौं विश्वविद्यालयले दियो भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधिको उपाधि

काठमाडौं :  भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन्।
 
नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्।
 
काठमाडौं विश्वविद्यालयद्वारा आज आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो। समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीको भ्रमण टोलीका सदस्य समेत सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell