PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

कात्तिक १९ मा रिलिज हुनेछैन 'द फेमस'



पहिलोपोस्ट

कात्तिक १९ मा रिलिज हुनेछैन 'द फेमस'

काठमाडौं : कात्तिक १९ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘द फेमस’ को रिलिज रोकिएको छ।

सेन्सर नभएकोले कारण चलचित्र प्रदर्शन हुन नसकेको फिल्म युनिटले बतायो। चलचित्रको विभिन्न प्राविधिक समस्याका कारणले गर्दा चलचित्रको सेन्सरमा ढिलाइ भएको भनिए पनि कारणहरु खुलाइएको छैन।
 
फिल्म वितरक कम्पनी श्रीराम बालाजी फिल्मसका सुनिल मानन्धरका अनुसार चलचित्र द फेमस मंसिर ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने तय भएको छ।
 
डबल लभ स्टोरीमा आधारित फेमेली ड्रामा भनिएको फिल्ममा कलाकारहरु सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा, सुरवी जैन विष्ट, रश्मी भट्ट, सुरेश चौधरी लगायतको अभिनय रहेको छ।
 
बलामी फिल्म इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई अनिल महर्जन निर्माण गरेका हुन्। कथा तथा निर्देशन समिर बलामीको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell