PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

दुई महिनादेखि विभागमा छैनन् महानिर्देशक



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ।
 
विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भदौ २१ को मन्त्रिस्तरीय निर्णयअनुसार वन विभागको महानिर्देशक भएर सरुवा भएपछि उक्त विभाग महानिर्देशकविहीन बनेको हो।
 
विभागका प्रवक्ता किशोरकुमार मेहताले महानिर्देशक नहुँदा विभागको महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो हुने गरेको बताए। 'राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रका प्रमुखले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ,' उनले भने, 'यस्तो अवस्थामा महानिर्देशक नहुँदा समस्या पर्ने गरेको छ।'
 
महानिर्देशक नहुँदा विभागलाई कुन रुपले अगाडि लैजाने, कुन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने भन्नेबारेमा समेत निर्णय लिन गाह्रो भएको प्रवक्ता मेहताको भनाइ छ।
 
विभागमा हाल गोपालप्रसाद भट्टराईलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ। महानिर्देशक नहुँदा दैनिक पाँच÷सातजना सेवाग्राही फर्कने गरेको विभागले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell