PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

पूर्वप्रधानमन्त्री नेपाल र राष्ट्रपति मुखर्जीबीच भेट, नेपाललाई भारत भ्रमणको निम्तो



पहिलोपोस्ट

पूर्वप्रधानमन्त्री नेपाल र राष्ट्रपति मुखर्जीबीच भेट, नेपाललाई भारत भ्रमणको निम्तो

काठमाडौं : भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गरेका छन्।
 
पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच आज हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो।
 
नेकपा (एमाले) वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई नेताबीच दुबै मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ।
 
भारतीय राष्ट्रपतिले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा पनि गरेका छन्।
 
नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवर्द्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने विचार भारतीय राष्ट्रपतिसामु राखेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell