PahiloPost

Jun 15, 2026 | १ असार २०८३

निधि आज फर्कंदै, पत्नीसहित देउवा भने भोलिदेखि भारत भ्रमणमा



पहिलोपोस्ट

निधि आज फर्कंदै, पत्नीसहित देउवा भने भोलिदेखि भारत भ्रमणमा


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि भोलि त्यसतर्फ जाँदैछन्।
 
इन्डिया फाउन्डेशनले गोवामा गर्न लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत जान लागेका हुन्। बिहान ८ बजे नेपाल एयरलाइन्सको विमानमा नयाँदिल्ली जान लागेका देउवा भोलि नै गोवा पुग्नेछन्। देउवाले पत्नी आरजुलाई पनि साथमा लिएर जाँदैछन्।
 
गोवामा हुने इन्डिया फाउण्डेशनको कार्यक्रमपछि नयाँदिल्ली फर्किएर उनी राजनीतिक भेटघाटमा रहनेछन्। यद्यपि भेटघाटको तालिका भने बनेको छैन।
 
'उहाँ म्याडमसहित भारत जान लाग्नुभएको हो,' देउवाका स्वकीय सचिव भानु देउवाले भने, 'भोलि नै उहाँ गोवा जाने कार्यक्रम रहेकाले त्यसपछि मात्र राजनीतिक भेटघाट तय हुनेछ।'
 

निधि आज फर्कंदै

उपप्रधान तथा गृहमन्त्री तथा नेपाली कांग्रेसकै नेता विमलेन्द्र निधि भने आज साँझ नेपाल फर्कंदैछन्।
 
तीन दिनअघि विपद व्यवस्थापनसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा सहभागि हुन नयाँदिल्ली गएका निधि आज स्वदेश फर्कन लागेका हुन्।
 
उपप्रधानमन्त्री निधि नोभेम्बर २ देखि ५ तारिखसम्म चल्ने सम्मेलनका लागि त्यसतर्फ गएका थिए। आफ्नो विशेष सम्बोधन सकेर आजै साँझ स्वदेश फर्कने निधिका सञ्चार सल्लाहकार रामजी दाहालले जानकारी दिए। सम्मेलन पर्सिसम्म हुने भए पनि कार्यव्यस्तताले निधि आजै फर्कन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell