काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले बुधबार राति सोल्टी होटलमा राजकीय भोज (स्टेट ब्याङ्क्वेट) आयोजना गरिन्।
उनले भारतका राष्ट्रपतिको सुस्वास्थ्य र सुखका लागि, भारतीय जनताको सुख, शान्ति र समुन्नतिका लागि तथा नेपाल र भारतबीच चिरस्थायी मैत्री र सहयोगका लागि टोस्ट प्रस्ताव राखिन्। जवाफमा भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपतिको सुख र स्वास्थ्यका लागि, नेपाली जनताको सुख, शान्ति र समुन्नतिका लागि र नेपाल र भारतबीच चीरस्थायी मैत्री र सफल सहकार्यका लागि टोस्ट प्रस्ताव राखे।
हेर्नुस् राजकीय भोजका दृश्य-