PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

देउवा आज दिल्ली हुँदै गोवातिर, किन जाँदैछन् त?



पहिलोपोस्ट

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ जाँदैछन्।
 
इन्डिया फाउन्डेसनले गोवामा गर्न लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत जान लागेका हुन्। बिहान ८ बजे नेपाल एयरलाइन्सको विमानमा नयाँदिल्ली जान लागेका देउवा आजै गोवा पुग्नेछन्। देउवाले पत्नी आरजुलाई पनि साथमा लिएर जाँदैछन्।
 
गोवामा हुने इन्डिया फाउण्डेसनको कार्यक्रमपछि नयाँदिल्ली फर्किएर उनी राजनीतिक भेटघाटमा रहनेछन्। यद्यपि भेटघाटको तालिका भने बनेको छैन।
 
'उहाँ म्याडमसहित भारत जान लाग्नुभएको हो,' देउवाका स्वकीय सचिव भानु देउवाले भने, 'भोलि नै उहाँ गोवा जाने कार्यक्रम रहेकाले त्यसपछि मात्र राजनीतिक भेटघाट तय हुनेछ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell