PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

लोकमानका कान्छा ज्वाइँलाई पनि सर्वोच्चको मुद्दा



पहिलोपोस्ट

काठमाडौँ : लोकमानसिंह कार्कीको बचाउमा अदालतलाई अवरोध गर्ने प्रबल थापासहित चार जनाविरुद्ध अवहेलना गरेको भन्दै मुद्दा दायर भएको छ।
 
अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको म्याद तामेलीमा अवरोध गरेको भन्दै अख्तियार प्रमुख कार्कीसहित उनका कान्छा ज्वाइँ राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा प्रवल थापा, कृषि विकास बैंकका अध्यक्ष तथा पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक सइ नकुलराज गौतमविरुद्ध मुद्दा दायर गरेका हुन्। 

अदालतलाई तामेलीमा अवरोध गरेपछि अदालत आफैले पनि उनीहरु विरुद्ध मुद्दा चलाएर कारबाही गर्न सक्थ्यो। तर सर्वोच्च प्रशासनले त्यस्तो प्रक्रिया अघि नबढाएपछि लोकमानविरुद्ध रिट दायर गरेर मुद्दा लडिरहेका अधिवक्ता अर्यालले नै मुद्दा दायर गरेका हुन्। 

कानुनी प्रावधान अनुसार उनीहरुलाई १५ दिनसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

फाइल फोटोमा सर्वोच्च अदालतका कर्मचारीले लोकमानको घरमा म्याद तामेल गर्न खोज्दा अवरोध गरिरहेका प्रवल थापा (रातो घेरामा) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell