PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

कामपाले दियो भारतीय राष्ट्रपति मुखर्जीलाई दुई उपहार, २२ फोटोमा हेर्नुस् नागरिक अभिनन्दन

कामपाले दियो भारतीय राष्ट्रपति मुखर्जीलाई दुई उपहार, २२ फोटोमा हेर्नुस् नागरिक अभिनन्दन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : काठमाडौँ महानगरपालिकाले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई दुई उपहार दिएको छ। राष्ट्रिय सभागृहमा भएको नागरिक अभिनन्दन कार्यक्रममा महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले मुखर्जीलाई काठबाट बनेको कलात्मक ढोका र मञ्जुश्रीको मूर्ति उपहार प्रदान गरिएको हो। 

ठूलो तालको रुपमा रहेको काठमाडौँको पानी मञ्जुश्रीले  कटाएर बस्ती बनाएको किंवदन्ति रहेको छ। 

महानगरपालिकाले मुखर्जीलाई अभिनन्दन पत्र तथा काठमाडौँ महानगरपालिकाको प्रतीकात्मक साँचोसमेत प्रदान गरेको छ। नेपाल भ्रमणमा आएका विशिष्ट अतिथिलाई नागरिक अभिनन्दनका क्रममा प्रतीकात्मक साँचो प्रदान गर्ने परम्परा रहिआएको छ। 

अभिनन्दन पत्रमा मुखर्जीको भ्रमणबाट काठमाडौँवासी हर्षले विभोर भएको उल्लेख छ। त्यस्तै दुई देशबीचको सम्बन्ध मुखर्जीको नेतृत्वमा थप उचाईमा पुग्ने अपेक्षा व्यक्त गरिएको छ। 

भारतीय राष्ट्रपति मुखर्जीले आफ्नो काठमाडौँ भ्रमण एक प्रकारले तीर्थयात्राको रुपमा रहेको बताए। उनले भारतीयहरु पशुपतिको मन्दिरमा आउने गरेको र नेपालीहरु भारतको उत्तरमा रहेको वाराणासी र दक्षिणमा रहेको रामेश्वर जाने गरेको उल्लेख गरे। 

भारतीय राष्ट्रपतिले आजै बिहान पशुपतिनाथको दर्शन गरी विशेष पूजा पनि गरेका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell