काठमाडौँ : नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा (एमाले) का अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच बिहीबार राति शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरे।
राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राखेको अध्यक्ष ओलीले जानकारी दिए। ‘‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छौँ, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छौँ’’ भन्नेबारे अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराएका थिए।
ओलीसँगै उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, नेत्री अष्टलक्ष्मी शाक्य, डा राजन भट्टराईलगायतका नेता सहभागी थिए।
यो भेटभन्दा अगाडि राष्ट्रपति मुखर्जी र एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच छुट्टै भेटवार्ता पनि भएको थियो। रासस