.jpg)
काठमाडौँ : नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले बिहीबार साँझ शिष्टाचार भेटवार्ता गरेका छन्।
राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहेका काँग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिए।
सो अवसरमा भारतीय प्रौद्योगिकी संस्थान (आइआइटी) को अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिने विषयमा समेत छलफल भएको जानकारी दिइयो।
भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, गोपालमान श्रेष्ठ, डा मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।
आजै मुखर्जीले अध्यक्ष केपी ओलीसहित एमाले नेताहरु र मधेसी दलका नेताहरुसँग पनि अलग अलग सामूहिक भेट गरेका थिए। रासस