PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

देउवा लागे दिल्लीतिर, पाँचदिने भ्रमणमा राजनीतिक भेटघाट पनि



पहिलोपोस्ट

देउवा लागे दिल्लीतिर, पाँचदिने भ्रमणमा राजनीतिक भेटघाट पनि

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्।
 
नेपाल एयरलाइन्सको विमानबाट उनी आज बिहान भारत लागेका हुन्। भारतको गोवामा इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुनेछन्। बिहान ८ बजेको फ्लाइटबाट नयाँदिल्ली उडेका देउवा आजै गोवा पुग्दैछन्।
 
गोवामा हुने कार्यक्रममा सहभागी भएपछि नयाँदिल्लीमा उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायतका नेतासँग भेटघाटमा व्यस्त रहनेछन्।
 
देउवाको साथमा पत्नी एवम् सांसद आरजु देउवा पनि सहभागी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell