PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

भारतमा रहेका गोर्खा सैनिक फिर्ताको माग गर्दै माओवादीको विरोध र्‍याली



पहिलोपोस्ट

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले राजधानीको शान्तिवाटिकाबाट विरोध र्‍याली निकालेको छ।
 
शान्तिवाटिकाबाट सुरु भएको र्‍याली लैनचौरस्थित भारतीय दूतावासबास पुग्नेछ। त्यहाँ उनीहरुले दूतावास घेर्ने कार्यक्रम छ।
 
भारतमा रहेका गोर्खा सैनिकको फिर्ताको माग गर्दै विरोध र्‍याली निकालेको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए। पाकिस्तान र भारतको लडाइँमा गोर्खा सैनिकलाई प्रयोग गरेको र नेपाली युवाको मृत्यु भएकाले तत्काल भारत सरकारले गोर्खा सैनिकलाई फिर्ता गर्नुपर्ने उनको भनाइ छ।
 
कात्तिक १५ जने जम्मुकाश्मिरमा मृत्यु भएका घरानका विमल तामाङको शव फिर्ता गर्न र मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनका लागि पनि दबाब दिइएको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell