
काठमाडौं: गायिका गीता पाण्डेको गीती एल्बम सार्वजनिक भएको छ। दुई वर्षदेखि शास्त्रीय गायन सिक्दै आएकी पाण्डेको पहिलो एल्बम 'यात्रा' सार्वजनिक भएको हो।
सिंगल ट्र्याक रहेको एल्बममा रामनाथ घिमिरेको शब्द र जुगल डंगोलको संगीत रहेको छ।
गायिकाले आफ्नो पहिलो प्रयास भए पनि सक्दो राम्रो गरेको र स्रोताले मन पराउने आशा व्यक्त गरेकी छिन्।
भनिन्, 'मेरो लागि संगीत सास हो। त्यसैले पहिलो गीतलाई सिक्ने क्रमको एउटा पाटोमात्र मानेकी छु।'